Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठ्मााडौं, १५ चैत २०८० । बारामा एसइई परीक्षामा परिक्षार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बारा देवताल गाँउपालिका-६ का ४३ वर्षीया सुरेन्द्रप्रसाद यादव र आदर्श कोतवाल गाँउपालिका-३ भटिनियाँका ४५ वर्षीया विनोदप्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार सुरेन्द्रले कलैया उपमहानगरपालिका-२ स्थित अमर माध्यमिक विद्यालयमा मोबाइलमार्फत् चिट चोराउन सहयोग गरेको थिए। उनी सोही विद्यालयका शिक्षक हुन्।

यस्तै, विनोदले बारागढी गाँउपालिका-१ स्थित जनता माध्यमिक विद्यालय बुधगाईमा नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको उनले बताए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया