Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठमाडौं, १५ चैत २०८० । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक चार अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा अडिएको छ। नेप्सेमा सामान्य अंकको सुधार आउँदा कारोबार रकम बुधबारको तुलनामा बढेको छ।

यसदिन ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन २ अर्ब २३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज एउटामात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। हिमालयन उर्जा विकासको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सर्वोत्तम सिमेन्टको ९.९६,हिमालयन हाइड्रोपावरको ८.७३,सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्र स्थानमा रह्यो। सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ​​​​​​​गोर्खाज फाइनान्सको १६ करोड,शिवम् सिमेन्टको १५ करोड,सोनापुरको ११ करोड,पिपुल्स पावरको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

पाँच समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। मनु एण्ड प्रोको सूचक सर्वाधिक २.४० प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये १२० को मूल्य बढ्दा ११५ वटाको घट्यो। १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।

तपाईको प्रतिक्रिया