Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, १५ चैत २०८० । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले दर्जन बढी सामाजिक संघ संस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् ।

यस अघि झापामा कोईला व्यवसायी संगठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न व्यवसायीको भेलाबाट नेतृत्व चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुनिल कुमार जोधानी ‘पिन्टु’ (विमला देवी ट्रेड एण्ड सप्लार्यस), सचिव मनोहर अग्रवाल (मित्तल इन्टरप्राइजेज, सह सचिव सुमन भट्टराई ( रुद्राक्ष इन्टरनेशनल ट्रेडिङ प्रा. लि), र कोषाध्यक्षमा रजनिस कर्नानी (प्लेटिनम् मार्केटिङ प्रा.लि) रहेका छन् ।
समितिको सदस्यमा चतुरभूज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोद कुमार अग्रवाल रहेका छन् । झापामा दुई दर्जन बढी कोईला व्यवसायी रहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेद प्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, राकेश विन्दल, वदन कुमार मित्तल, वावुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयल लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया