Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

बिर्तामोड, चैत १५ २०८० । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापालीको आतिथ्यमा भएको बैठकले निर्वाचन लक्षित विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकले निर्वाचन परिचालन, अनुगमन उपसमिति सहित विभिन्न उपसमिति गठन गरेको हो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको संयोजकत्वमा गठित निर्वाचन परिचालन तथा वार्ता समितिमा पुष्प खड्का र झुलन रेग्मी सदस्य रहेका छन् ।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा गठित अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका छन् । सेन्टरले प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको सचिव पुष्प खड्काले जानकारी दिए ।
बैठकले आसन्न महासंघको निर्वाचनका लागि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया