काठमाडौं, १४ चैत २०८० । अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ।
हिजो मालबाहक पानी जहाज ठोक्किँदा ३ किलोमिटर लामो पुल भाँचिएको छ। र, पुल भाँचिदा थुप्रै सवारी साधन नदीमा खसेको अनुमान गरिएको छ।
अहिलेसम्म ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार तथा खोजी कार्य जारी छ। मेरील्यान्डका गभर्नर वेस मूरले दुर्घटनाबाट प्रभावित मानिसहरुको सम्झनामा पुलको पुनर्निर्माण गरिने बताएका छन्।
राष्ट्रपति जो बाइडनले पुलको पुनर्निर्माण र बन्दरगाहलाई पुनः सञ्चालनमा ल्याउन सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन्।