Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

झापा, १३ चैत २०८०। झापामा चक्कु प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । बिर्तामोड नगरपालिका- १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मुर्मुमाथि चक्कु प्रहार गर्ने बिर्तामोड-१ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु, बिर्तामोड-६ का १९ वर्षीया एलिना श्रेष्ठ, अर्जुनधारा- ११ का ३० वर्षीय सरोज सहनी र कनकाई- १ का २३ को मनोज विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार(आज)राती ८ बजेर २० मिनेटमा के कुन कारणबाट झै-झगडा हुँदा चक्कु प्रहार गर्दा सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ । उनको बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल उपचार भइरहेको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया