Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौँ, ११ चैत २०८० । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुजरात र मुम्बईको यो पहिलो खेल हो । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको थियो । तर, यसपटक मुम्बई सर्वाधिक सफल कप्तान शर्माको कप्तानीमा मैदानमा ओर्लने छैन ।

अर्कोतिर, गुजरात टाइटन्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि पनि चुम्न सकेको छ । गुजरात टाइटन्स हालसम्म दुई पटक फाइनलमा पुगेको छ । एकपटक भने गुजरात टाइटन्स फाइनलमा पराजित भएको छ ।

 

तपाईको प्रतिक्रिया