Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, १० चैत २०८० । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले १५ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ। संस्थाको सेवा केन्द्र गौरादहको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सदस्य शिक्षा, स्वास्थ्य परिक्षण, सदस्य सम्मान र पुरस्कार बितरण कार्यक्रम गरि स्थापना दिवस मनाएको हो।

संस्थाले स्थापना दिवसको अवसरमा गौरादह-९ को सिद्धिदाता आधारभूत बिद्यालयमा अध्यानरत २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ब्याग बितरण गरेको छ। कार्यक्रमको सभापति समेत रहेका संस्थाका अध्यक्ष बुद्धि सागर बरालले न्यून आयस्रोत भएका अभिभावकका छोराछोरीहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने भएकाले पाठ्यपुस्तक बोक्न सहयोग पुग्ने उदेश्यले ब्याग बितरण गरिएको जानकारी गराएका थिए। स्वास्थ्य परिक्षण अन्तर्गत निशुल्क आँखा शिविर र दन्त परिक्षण गरिएको थियो।

आमा डेन्टल प्रा.लि. दमकले दन्त परिक्षणको प्राबिधिक सहयोग गरेको थियो। लायन्स आँखा अस्पताल द्वारा संचालित पाथिभरा नेत्रालय दमकले आँखा शिविरमा प्राबिधिक सहयोग गरेको थियो। शिविरमा आँखा परिक्षण गरिएका मध्ये अधिकांश आँखा कमजोरी, आँखा चिलाउने पोल्ने लगायतका बिरामीहरुभेटिएको दृष्टि बिशेषज्ञ शिव संकर महत्तोले जानकारी गराए।

स्वास्थ्य परिक्षणमा दन्त परिक्षण अन्तर्गत ४० जनाले र आँखा शिविर अन्तर्गत ५८ जनाले सेवा लिएका थिए। आँखा शिविरमा परिक्षण गर्न आएका न्यून आय भएकाहरुलाई निशुल्क चस्मा बितरण गरिएको पाथिभरा नेत्रालयका अप्टिसयन रमेश पासवानले जानकारी गराएका छन।संस्थाको गौरादह सेवा केन्द्रमा उत्कृष्ट बचत कारोवार गर्ने रन्तोस बिमली, प्रेम सिंह पाख्रिन, ईन्दु खड्का, बिहानी चौधरी र समृद्धि राई पुरस्कृत भएको संस्थाकी गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराइन। कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले नागरिकको जीवन स्तर उकास्न र गरिबी निवारणमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए। कार्यक्रममा आमा डेन्टल प्रा. लि. का अर्जुन कुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका सचिब संजीव रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया