Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, ९ चैत २०८० । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको अन्नपूर्णलाई जानकारी दिए।

हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ।

चैत्र ५ गते सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो। कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई नर्भिक अस्पताल भर्ना गरिएको छ। उनलाई अस्पतालबाटै बयान दिन जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको थियो।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सीआईबीले अनुसन्धान गरेको थियो।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम मुछिएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो। सोही प्रकरणमा महराका छोरा राहुल महरा हाल पुर्पक्षका लागि थुनामा छन्।

 

तपाईको प्रतिक्रिया