Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

९ चैत २०८० । आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ ।

आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो ।

सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंकमा लाइन लागेको समयमा आईएस समूहले आक्रमण गरेको थियो। कान्धार तालिवानको सत्ता केन्द्र हो । तालिबानका सर्वोच्च कमाण्डर कान्धारमै बस्ने गरेका छन्।

 

तपाईको प्रतिक्रिया