Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, ८ चैत २०८० । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताए।

बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उनले बताए।

उद्धार टोलीले खानीबाट १२ जनाको शव र आठ घाइते निकालेको उको भनाइ छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया