Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

२ चैत २०८० । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। उक्त घटनामा १५० जना घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन्।

प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन्। घटनास्थलको अवस्था चुनौतिपूर्ण भए पनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ।

इजरायली प्रतिरक्षा बल ९आईडीएफ० ले शुक्रबार दक्षिणी गाजामा प्यालेस्टिनीहरूलाई लक्षित गरी आफ्नो सेनाले सशस्त्र कारबाही गरेको भन्ने समाचारको खण्डन गरेको छ।

तपाईको प्रतिक्रिया