Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

झापा, १ चैत २०८० । झापा प्रहरीले फागुन महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । जसमा १३ वर्ष ६ महिना ११ दिन कैद र १४ लाख ६५ हजार ७ सय २२ रुपैयाँ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय झापा र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिनाभित्र जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ ओसारपसार भइरहेको ३७ लाख ५१ हजार ४ सय ४० मूल्य बराबरको कस्मेटिक आइटम, किराना सामग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा विद्युतीय पार्टसहरु, सूर्तिजन्य पदार्थसहित ९ वटा सवारीसाधन र २६ वटा पशु चौपायालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाइएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया