Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौं, १ चैत २०८० । नेपाली बजारमा आज सुन-चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य ८ सयले वृद्धि भइ प्रतितोला १ लाख २५ हजार २ सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४सय थियो ।

आज चाँदी ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार पाँच सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको घटबढसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

तपाईको प्रतिक्रिया