Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

अर्घाखाँची, २९ फागुन २०८० । सन्धिखर्क–गोरुसिंगे सडकअन्तर्गत अर्घाखाँचीको शितगंगा–१२ को हिलेखोला स्थित सडक कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागेर नष्ट भएको छ।

हिलेखोलाको सल्लेरी खण्डमा कालोपत्रे गरिरहेकै अवस्थामा एक्कासी आगो ट्याकंरमा सल्किएपछि अनियन्त्रित भइ उक्त गाडि र त्यसमा भएको ७ हजार लिटर कालोपत्रे गर्न तयार पारिएको तेल (अलकत्रा र मट्टितेल) जलेर नष्ट भएको निर्माण व्यवसायी कविराम खनालले बताए।

शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुको योजनामा खनाल बर्दश प्रतिभा सम्झना जेभी कन्स्ट्रक्सन सन्धिखर्कले कामको जिम्मा लिएर काम गर्दै आएकोमा सोमबार साँझ ६ बजे ट्यांकरमा आगो लागि भएको खनाल बर्दशका प्रमुख कविराम खनालको भनाइ छ। मानवीय क्षति नभए पनि आगलागीबाट करिब ६० लाखको क्षति भएको छ।

आगलागीबाट अमर निर्माण सेवाको ना ५ ख २०८३ नम्बरको डिस्ट्रिब्युटर र त्यसमा रहको ७ हजार लिटर कालोपत्रे गर्न राखिएको तेल समेत जलेर ६० लाख बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया