Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २७ फागुन २०८० । झापाको गौरादह नगरपालिका अन्तरगत रहेको नेपाल शिक्षक महासंघ गौरादहको अध्यक्षमा लिलानाथ गौतम सर्वसम्मत निर्वाचित भएका छ्न् । नेपाल शिक्षक महासंघको दोस्रो नगर अधिवेशन मार्फत श्री सुर्योदय आधारभुत विद्यालय गौरादह-३ का प्र.अ. लिलानाथ गौतम सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति झापाको निर्वाचन कार्यदलको सहमति अनुरुप १५ पालिका मध्ये गौरादहको मुख्य नेतृत्वको जिम्मेवारी नेपाल राष्ट्रिय शिक्षक संगठनले पाएको हो । नेतृत्वको मुख्य जिम्मेवारी राष्ट्रिय शिक्षक संगठनले पाए सँगै गौतमले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।  गौरादह नगरको २३ सदस्यीय शिक्षक महासंघको कार्यसमितिमा राष्ट्रिय शिक्षक संगठन गौरादहको सिफारिस बमोजिम अध्यक्षमा लिलानाथ गौतम सहित सहसचिव (खुल्ला) १ संस्थागत सहसचिव १ र ४ सदस्य गरि कुल ७ पद प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल शिक्षक संघ गौरादहको सिफारिस बमोजिम उपाध्यक्ष (खुल्ला) मा युवराज रेग्मी सहित सचीव १, सस्थागत सहसचिव १ र ३ सदस्य गरि कुल ६ पद प्राप्त गरेको छ । त्यसैगरी, अखिल नेपाल शिक्षक संगठन गौरादहको सिफारिस बमोजिम महिला उपाध्यक्षमा पबित्रा सिवा नेपालीसहित अर्थ सहसचिव १, संस्थागत सहसचिव १ र २ सदस्य गरि कुल ५ पद प्राप्त गरेको छ ।
त्यसैगरी कर्मचारी परिषद गौरादहको सिफारिस बमोजिम सह-अध्यक्षमा हरि ढकाल सहित महिला सहसचिव १ ,सस्थागत सहसचिव १ र २ सदस्य गरि कुल ५ पद प्राप्तगरेको छ ।

नेपाल शिक्षक महासंघ गौरादह नगरका निवर्तमान अध्यक्ष बाबुराम भण्डारीको सभापतित्वमा श्री जनता माध्यमिक विद्यालय गौरादह-१ को सभाहलमा आयोजित नेपाल शिक्षक महासंघ गौरादह समितिको दोस्रो पालिका स्तरिय अधिवेशन एवं घोषणा तथा पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान अर्थसचिव याम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा प्रगती मा.बि. का प्र.अ. डिल्लिराम अधिकारी र जनता मा.वि. बालुबथानका प्र.अ.रत्नबहादुर कटुवालले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा धन्यवाद मन्तव्य राखेका थिए ।

त्यसैगरी नवनिर्वाचित कार्यसमितिको तर्फबाट मदन आश्रीत आधारभुत विद्यालय गौरादह-५ कि शिक्षक अन्जु पोख्रेल तथा नव निर्वाचित अध्यक्ष गौतमले आगामि दिनमा शिक्षकहरुको अधिकार सुनिश्चितताका लागि महासंघ कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया