Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, २१ फागुन २०८० । नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मन्त्रिपरिषदका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्।

कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीको जिम्मेवारी खोसेका हुन्। कुनै पनि मन्त्रीले राजीनामा दिएका छैनन्।उनीहरूलाई बर्खास्त गरिएको बारे प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन।

सोमबार प्रधानमन्त्री प्रचण्डले सबै २१ वटै मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्। एमाले, रास्वपा र आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री नियुक्त गरेका प्रचण्डले उनीहरूको पनि जिम्मेवारी तोकेका छैनन्।

उनीहरू तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले विना विभागीय मन्त्रीका रुपमा सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल मन्त्री नियुक्त भएका हुन्।

 

तपाईको प्रतिक्रिया