Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, २० फागुन २०८० । झापाको कमलबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । कमल गाउँपालिका-३ स्थितमा रहेको कृष्टिना होटलबाट होटल साहु ३५ वर्षिय सरोज थापा र शिवसताक्षी नगरपालिका-६ का ३० वर्षिय विष्णु खड्का पक्राउ परेका हुन् ।

शनिबार ७ः३० बजेको समयमा कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट आएको फैसला कार्यान्वयन टोलीले उक्त होटलमा शंका लागी दुवैजनाको शरिर चेकजाँच गर्दा सरोज थापाको शरिरबाट प्लाष्टिकको पोका १ थान, उक्त पोकाभित्र ३८ ग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरी चौकी केर्खाबाट प्रहरीको टोली खटि दुवै जनालाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया