Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १६ फागुन २०८० । नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। टीयु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको हो। १८५ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ५०, आशिफ शेखले ३४, कुशल मल्लले ११ र करण केसीले ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए। त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे।

तपाईको प्रतिक्रिया