Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, १४ फागुन २०८० । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो ।

क्यानले ग्रेड ‘ए’ का पुरुष खेलाडीलाई मासिक १ लाख तलब दिने, महिलालाई भने ५० हजार क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । ग्रेड ‘ए’ मा परेका खेलाडीलाई मासिक १ लाख तलब उपलब्ध गराउने निर्णय भएको पनि क्यानले जनाएको छ ।

यसअघि ग्रेड ‘ए’ खेलाडीलाई क्यानले मासिक रूपमा ६० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । त्यस्तै मासिक ७० हजार पाउने ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र कुशल भुर्तेल रहेका छन् । त्यसैगरी ग्रेड सीमा परेका खेलाडी मासिक ५५ हजार रुपैयाँ पाउँछन् । ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी रहेका छन् ।

त्यस्तै मासिक ३५ हजार पाउने ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । त्यस्तै इमर्जिङ क्याटेगोरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छ । यस वर्गमा पर्ने खेलाडीले मासिक २५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।

पुरुष खेलाडी र महिला खेलाडीले पाउने पारिश्रमिकमा भने धेरै नै अन्तर रहेको छ । ग्रेड ‘ए’ का पुरुष खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउँदा उही वर्गमा परेका महिला खेलाडीले भने ५० हजार पाउने क्यानले जनाएको छ । महिलातर्फ ग्रेड ‘ए’ मा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् । त्यस्तै ग्रेड ‘बी’ मा कविता कुँवर परेकी छिन् ।

ग्रेड ुबीु मा पर्ने महिला खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ग्रेड ुसीु मा पूजा महतो र अश्मिना कर्माचार्य छन् भने ग्रेड ुडीु मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् । ग्रेड ुसीु र ुडीु का खेलाडीले क्रमशस् ३० र २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै महिलातर्फ इमर्जिङ वर्गमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन् । उनीहरूले मासिक २० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै बैठकले नेपाल ुएु टिमको मुख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै यू(१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई दिनेसमेत बैठकको निर्णय छ ।

 

तपाईको प्रतिक्रिया