Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ११ फागुन २०८० । झापामा आगलागीबाट एक बालकको जलेर मृत्यु भएको छ । झापा गाउँपालिका-४ भानटोली बस्ने ईनाम हुसेन सेखको छोरा अन्दाजी ४ वर्ष ६ महिनाको अतिप हुसेनको जलेर घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार अन्दाजी ४ः३० बजेको समयमा घर नजिकै रहेको परालको कुन्युमा आगलागी सुरू भई उनको १ तले टिनको छानो भएको कच्चि घरमा आगो सल्किएको थियो । आगलागीबाट नजिकै रहेको मस्जित र परालको कुन्यूको चेपमा खेलिरहेको अवस्थामा ईनाम हुसेन सेखको छोरा अतिप हुसेनको जलेर मृत्यु भएको थियो । आगलागी भईरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाघनडुव्बा, ईलाका प्रहरी कार्यालय कुमरखोद र द्यएइ टाघनडुव्बा बाट प्रहरीको टोली, स्थानीयबासी , भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने कार्य गरिएको जनाइएको छ । अन्य क्षतीको विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया