Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १० फागुन २०८० । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले प्रा.डा. बराललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिएको बताए। प्रा.डा. बराल यसअघि पोखरा विश्वविद्यालयका उपकुलपति रहेका थिए।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा बरालसहित प्रा। डा। चित्रबहादुर बुढाथोकी र प्रा.डा. टंकनाथ धमला रहेका थिए।

 

तपाईको प्रतिक्रिया