Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, १० फागुन २०८० । नेपाल एविरुद्धको सिरिज क्यानडा-११ ले जितेको छ। मूलपानी क्रिकेट मैदानमा भएको निर्णायक खेलमा क्यानडा-११ ले नेपाल एलाई ४ विकेटले हराएको हो। एक दिवसीय सिरिजमा क्यानडा-११ ले नेपाल एलाई २-१ ले हराएको हो।

पहिलो खेलमा क्यानडा-११ ले नेपाल एलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।

बिहीबार भएको निर्णायक खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एले ४७ ओभरलमा अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले २४, अर्जुन कुमालले २७, बसिर अहमदले २५, अशुतोस घिरैयाले २८, प्रतिश जिसीले १९, रसिद खानले १९ र सुजन थपलियाले २० रन बनाए।

१८२ रनको लक्ष्य पछ्याएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाएर जित सुनिश्चित गरेको थियो। क्यानडा-११ का लागि निकोलसले सर्वाधिक ५८ रन बनाए। त्यस्तै नवनितले ३८ र आरोजले ३६ रन बनाए।

 

तपाईको प्रतिक्रिया