Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, ६ फागुन २०८० । नेपाल ‘ए’ले क्यानडा-११ लाई जीतका लागि २१७ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार जारी खेलमा निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २१६ रन बनाएको हो।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि विनोद भण्डारीले कप्तानको जिम्मेवारी सम्हालेका छन् ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन बनाएर अविजित रहे। उनले ५५ बलमा १ छक्का ३ चौका प्रहार गरे। त्यसैगरी रशिद खानले ४० रन बनाए। उनले ६६ बलमा ४ चौका प्रहार गरे।

त्यसैगरी मयन यादवले ३५ रन, किरण थगुन्नाले २५ रन, सन्दीप जोराले १४ रन बनाए। प्रतिस जिसीले ४ रन, अर्जुन कुमालले ४ र विनोद भण्डारीले ५ रन मात्र जोड्न सके। शाहब आलमले २ रन बनाएर अविजित रहे।

क्यानडाका लागि साद जफरले ३ विकेट, ईश्वरजोत सोहीले २ विकेट, डिलन हेलिगर, हर्ष ठाकर र शाहिद अहमदजाईले १र१ विकेट लिए।

नेपालको टोलीः विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

 

तपाईको प्रतिक्रिया