Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, ५ फागुन २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह वडा नं.१ को प्रथम वडा अधिवेशनबाट कृष्ण प्रसाद बाँस्कोटा वडा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ।

पार्टीको वडा अधिवेशनबाट बाँस्कोटाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ। समितिको सचिवमा अर्जुन खड्का र सदस्यहरुमा जीवन आचार्य,किशोर श्रेष्ठ, सबिता मिश्र (पौडेल) पार्वती पोख्रेल, बन्दना ढुङ्गाना, सुमित्रा परियार, राजन रिजाल सर्वसम्मत चयन भएका छन। अन्य २ जना सदस्य समितिको प्रथम बैठकबाट मनोनित गरिने पार्टीले जनाएको छ।

पार्टीका वडा नं.१ का वडा अध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले पार्टीको प्रतिबेदन प्रस्तुत गरेका थिए। वडा अधिबेशनका प्रमुख अतिथि पार्टीका कोशी प्रदेशका ईन्चार्ज ओम भण्डारीले अधिबेशनको उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरताका कारण मुलुक धराशायी अवस्थामा पुगेको धारणा राखेका थिए। राणा शासन देखि गणतन्त्र सम्म आइपुग्दा राजनीतिक अवस्थामा परिवर्तन आएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए। दिन प्रतिदिन शैक्षिक बौद्धिक ब्यक्तित्वहरु रोजगारीको शिलशिलामा बिदेशिदा मुलुकको अवस्था जर्जर हुन पुगेको धारणा राखेका थिए।

कार्यक्रममा पार्टीका झापा जिल्ला अध्यक्ष उमेश खरेल, क्षेत्रीय सभापति देबि पाठक,प्रदेश बिभाग सदस्य पुष्प ढकाल,गौरादह नगर अध्यक्ष जगत अधिकारी, गौरादह नगर सचिब प्रबिण बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए। वडा उप सभापति बन्दना ढुङ्गानाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य अर्जुन खड्काले कार्यक्रम संचालन गरेका थिए। समितिको कार्यकाल ५ बर्षको रहने जनाइएको छ। प्रदेश कमिटी सदस्य सुरेश कुमार पोख्रेल, प्रदेश बिभाग सदस्य केपि सिवाकोटी, गौरादह नगर कोषाध्यक्ष मिना सापकोटा (कोइराला) ले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया