Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

जेबि खड्का
गौरादह, ५ फागुन २०८० । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले गौरादहमा सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।सेयर सदस्यहरुलाई संस्थाको अवस्था र संस्थाले दिने सेवाका बिषयमा जानकारी गराउन गौरादह सेवा केन्द्रमा आवद्ध सदस्यहरुलाई बित्तीय साक्षरता कार्यक्रम मार्फत प्रशिक्षण दिइएको हो।

संस्थाको शिक्षा तथा तालिम उप समितिको आयोजनामा संचालन भएको तालिममा सेवा केन्द्रका ३ सय जना सदस्यहरुको सहभागीता रहेको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख चुडामणी पौडेलले जानकारी गराए। संस्थाका व्यवस्थापक टंक निरौलाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। ब्यबस्थापक निरौलाले सहभागी सदस्यहरुलाई सहकारीको बर्तमान अवस्था, सहकारी संस्थाबाट लिएको ऋण समयमै तिर्नुपर्ने कारण, ऋण नतिर्दाको बेफाइदा, ऋण लिनु पर्ने अवस्था, ऋण केका लागि, सहकारी र बैंकको भिन्नता, अन्य सहकारी भन्दा डाँफे सहकारीले दिने सुबिधा, बचतका फाइदा लगायतका बिषयमा प्रशिक्षण दिइएको संस्थाका गौरादह सेवा केन्द्र संयोजक टिकाराम गौतमले जानकारी गराए।

प्रधान कार्यलय दमकमा रहेको संस्थाले हालसम्म बुद्ध शान्ति, बिर्तामोड, गौरादह, धरमपुर, सुरुङ्गा र मोरङको उर्लाबारीमा सेवा केन्द्र संचालन गरेर सेवा दिइरहेको छ।संस्थाका उपाध्यक्ष तथा शिक्षा तथा तालिम उप समिति संयोजक सन्तोष कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले संस्थाले सेयर सदस्यहरुलाई दिइने सेवा सुबिधा संस्थाको बर्तमान अवस्थाका बारेमा जानकारी गराउन तालिम आयोजना गरिएको बताएका थिए।संस्थाका सचिब लिलानथ खनाल, गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सदस्य रमा दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका शिक्षा तथा तालिम उप समिति सदस्य ठाकुर हरि पोख्रेलले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया