Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

धरान, ३ फागुन २०८० । धरान उपमहानगरपालिका-८ का ६ वर्षीय निर्भिक तामाङ बेपत्ता भएका छन्। इलामको रोङ गाउँपालिका-२ स्थित मावली घरमा विवाह खान गएका उनी माघ २५ गतेदेखि बेपत्ता भएको परिवारले बताएको छ।

माघ २५ गते निर्भिकलाई काकी हजुरआमा पर्ने दिलमाया तामाङले पसलमा नातिलाई चकलेट खुवाउन लान्छु भनेर लगेको र बेपत्ता पारेको निर्भिककी फुपु लक्ष्मी तामाङले आरोप लगाइन्। उनले निर्भिकको खोजी गरिदिन र बेपत्ता बनाउनेलाई कारबाही गर्न माग गरेकी छन्।

निर्भिककी आमा सम्झनाले पनि काकी दिलमायाले नातीलाई चकलेट किनिदिन्छु भनेर लगेको घरमा नल्याएको बताइन्। उनले छोराको खोजी गरिदिन सबैमा आग्रह गरिन्। निर्भिक धरानको युरिका बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययन गर्दै थिए।

निर्भिक बेपत्ता भएपछि तामाङ परिवार चिन्तामा रहेको छ। इलामका प्रहरी प्रमुख बासुदेव खतिवडाले बेपत्ता भएका निर्भिकको खोजी गर्न तालिम प्राप्त कुकुर र जिल्लाभरी प्रहरी परिचालन गरिएको बताए। उनले निर्भिकलाई पसल लैजाने दिलमायालाई अनुसन्धानको दाहेरामा ल्याएर सोधपुछ गरिरहेको जानकारी दिए।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया