Online Bichar
बिहिबार, जेठ ३०, २०८२ | Thursday, June 12, 2025

काठमाडौं, १ फागुन २०८० । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सको सातौं विकेट लिएको छ। नेपालका लागि पूजा महत्तोले ३ विकेट, अमिना कर्मचार्यले र रुविना क्षेत्रीले २/२ विकेट लिएकी हुन्। माल्दिप्सले ९.१ ओभरमा ७ विकेटको क्षतिमा १० रन मात्र बनाउन सकेको छ।

रुविना क्षेत्रीले माल्दिभ्सविरुद्धको खेलमा शानदार सतक प्रहार गरेकी छन्। क्षेत्रीले सतकसँगै नेपालले माल्दिभ्ससामु २२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै नेपालले २२७ रनको योगफल तयार गरेको छ। क्षेत्रीले ५९ बलमा ११८ रन बनाएर अविजित रहिन्। रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन्। योसँगै रुविना क्षेत्री नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडीसमेत बनेका छिन्।

यसैगरी पुजा महतोले अर्धशतक प्रहार गरेकी थिइन्। उनले ३६ बलमा १ छक्का र ५ चौकासहित ५९ रन बनाएर अविजित रहिन्। नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो।

 

तपाईको प्रतिक्रिया