Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

शिवसताक्षी, २९ माघ २०८० । झापामा अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा जिल्लाको १५ पालिकाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टिमलाई नगद ७० हजार र उपविजेता टिमलाई नगद ४० हजारसहित ट्रफि प्रदान गरिने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । यस प्रतियोगिताले कर्मचारीहरूलाई खेलमा प्रोत्साहन गर्दै उनीहरूको स्वास्थ्य र तनावरहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको उनले बताए ।

प्रतियोगिताको सुरुवाती खेल १२ बजेबाट सुरु हुने र दिनमा तीन वटा खेल सञ्चालन हुने जनाइएको छ । गत वर्ष बिर्तामोड नगरपालिकाले आयोजना गरेको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको थियो । उपाधि उचालेसँगै २०८० को आयोजक शिवसताक्षी नगरपालिका बनेको हो । प्रतियोगिता झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन हुने छ ।

 

तपाईको प्रतिक्रिया