काठमाडौं, २९ माघ २०८० । नेपाल-क्यानडा एक दिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ९ विकेटको जित निकालेको हो ।
नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य मात्र १ विकेटको क्षतिमा पूरा गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ४४ दशमलब ३ ओभरमा लक्ष्य पूरा गरेको हो । जितमा अनिल शाहको १ सय १२ रन र भीम सार्कीको पनि १ सय १ रनको अविजित योगदान रह्यो । पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।
यस अघि दुवै खेलमा नेपालले जित हात पारेको थियो ।