Online Bichar
बिहिबार, फाल्गुण ०१, २०८१ | Thursday, February 13, 2025

काठमाडौं, २७ माघ २०८० । नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए ।

जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ ।

तपाईको प्रतिक्रिया