Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

फिदिम, १४ माघ २०८० । पाँचथरको फालेलुङ गाँउपालिका-२ जोरपाटीमा श्रीमतीलाई खुकुरी प्रहारी गरी घाइते बनाएपछि श्रीमानले आत्महत्या गरेका छन्। जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाईले श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएपछि मानबहादुर फरार थिए। फरार रहेका मानबहादुरलाई खोजी गर्ने क्रममा घर नजिकैको मल्लिडे जंगलस्थित खन्युको रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी विमलाको झापास्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार घाइते विमलाको अवस्था चिन्ताजनक छ।

 

तपाईको प्रतिक्रिया