Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

धनगढी, २९ पुस २०८० । अत्तरियाको दोहोरी साँझमा कुटपिटपछि एकजनाको मृत्यु भएको छ। पुस २५ गते अत्तरियाको न्यु सत्कार दोहोरी गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको कुटिपटबाट हत्या भएको हो। कुटपिटबाट घाइते भएका उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते मृत्यु भएको हो।

हत्या प्रकरणमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार दोहोरी साँझको सीसी क्यमेराको भीडीयो हेर्दा त्यसमा सामान्य भनाभन बाहेकको कुटपिट नदेखिएपछि घटना रहस्यमयी बन्दै गएको छ ।

घरबाट पुस २५ गते अत्तरियातर्फ आएका देउवा २६ गते बिहान कृष्णपुरकै चौकीडाँडामा घाइते अवस्थामा फेला परेपछि आफन्तहरूले उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएका थिए । तर उनको त्यसैदिन मृत्यु भएको थियो ।

शरीरभरी घाउ भएको अवस्थामा घाइते फेला परेका देउवाको मृत्युपछि आफन्तहरूले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । मृतकका आफन्त चक्रबहादुर देउवाले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक,वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी-६ का प्रकाश ओली विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले किटान गरिएका ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी कुलदिप चन्दले शनिबार दोहोरी साँझको सीसी क्यामेराको फुटेज नियन्त्रणमा लिएको बताए । ‘दोहोरी भित्रको सीसी क्यामेराको फुटेज हेर्दा नाच्ने बेला केही विवाद भएको देखिन्छ तर कुटपिट भने देखिदैन,ुडीएसपी चन्दले भने ।

डीएसपी चन्दका अनुसार पुस २५ गते राती दोहोरी बन्द भएपछि मृतक देउवा र उनका साथी टेकबहादुर नायक बाहिर निस्केका देखिन्छन् । नायक फेरि दोहोरीमा पस्छन् । त्यतिबेला बाहिर कुरिरहेका देउवा बेपत्ता हुन्छन् ।

ुनायक देउवाको मोबाइल छुटेको र लिन भनेर दोस्रो पटक दोहोरी पसेका रहेछन्, तर त्यो मोबाइल भेटिएको छैन,ुउनले भने। प्रहरीले दोहोरीबाट बाहिर निस्केपछि देउवामाथि कुटपिट भएको आशंका गरेको छ । ‘आइतबार ६ जनाको म्याद थप गर्ने तयारी भएको छ । त्यसपछि बयान सुरु हुन्छ, ;डीएसपी चन्दले भने ।

 

तपाईको प्रतिक्रिया