Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

झापा, २७ पुस २०८० । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ३२ वर्षीय गुणा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा शुक्रबार साँझ ५ः५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो।

घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। यता ठक्कर दिने मोटरसाइकल र चालक ललितपुर सातदोबाटो निवासी दीपक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शंकर दाजुको घरमा पाहुना आएका थिए।

 

तपाईको प्रतिक्रिया