Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

सुनसरी, २६ पुस २०८० । सुनसरीको वराहक्षेत्र नगरपालिका ५ मा बिहीबार जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार जङ्गली हात्तीको आक्रमणबाट वराहक्षेत्र-५ घर भएका ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो।

बिहीबार बिहान आफ्नो घर नजिक रहेको जनजागृति सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका अवस्थामा विष्टको हात्तीले कुल्चिएर मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनास्थल नजिकै समूहमा रहेका जङ्गली हात्ती समेत देखिएको थियो। पछिल्लो दुई महिनाको अवधिमा पूर्वी नेपालको सिमानाबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले झापा, मोरङ र सुनसरी जिल्लामा मात्र आठ जनाको ज्यान लिएको छ।

 

तपाईको प्रतिक्रिया