Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ पुस २०८० । रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए ।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताए । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताए ।

नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं.४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

खगेश्वरका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए ।

 

तपाईको प्रतिक्रिया