Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठमाडौं, २४ पुस २०८० । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा.विश्व दवाडी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दवाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।

आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिष्ट्रार बनाइएको हो । सोमबारबाट जिम्मेवारी समालेको डा.दवाडीले जानकारी दिए ।

काउन्सिलको रजिष्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषद्बाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा.दवाडीलाई निमित्त मन्त्रालयले जनाइएको छ ।

केही दिनअघि मात्रै निवर्तमान रजिष्ट्रार डा.कृष्ण अधिकारीले काउन्सिलबाट बिदा भएका थिए । रजिष्ट्रार डा.अधिकारीलगायत काउन्सिल सदस्यहरुको कार्याकाल गत पुस ७ गते नै समाप्त भएको थियो ।

 

तपाईको प्रतिक्रिया