Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ पुस २०८० । रक्त नसा (भास्कुलर) सम्बन्धी सम्मेलन २०२४ हुने भएको छ । आगामी जनवरी १७ देखि १९ गतेसम्म तीन दिन हुन लागेको सम्मेलनको हिमालयन इन्टरनेश्नल भास्कुलर सम्मेलन २०२४ नाम दिइएको छ ।

आयोजक कमिटीका अध्यक्ष डा।सन्दीपराज पाण्डेका अनुसार हिमालयन भास्कुलरको आयोजनामा हुन लागेको सम्मेलनबाट नसा सम्बन्धी रोगका बारेमा जानकारी गराइ समयमै उपचारको पहुँचमा ल्याउन सहयोग पुग्ने लक्ष्य लिइएको छ ।

सम्मेलनमा रक्त नसा, धमनी सम्बन्धी विश्वका विभिन्न सोध, अनुभव एवम् अनुसन्धानात्मक कार्यपत्रबारे छलफल हुने डा।पाण्डेले जानकारी दिनुभयो । यस्तोखाले सम्मेलनबाट नेपाललाई मेडिकल टुरिजमका रूपमा विकास गर्न टेवा पुग्ने उहाँको भनाइ छ ।

आयोजकका अनुसार सम्मेलनमा ४० देशका २५० भन्दा बढी मेडिकल क्षेत्रका व्यक्तित्वको सहभागिता रहनेछन् । डा।पाण्डेका अनुसार नेपालमा नसा सम्बन्धी रोगमा भेरीकोज भेनको समस्या धेरै देखिने गरेको छ । यो समस्या भएपछि बिरामीको छालामा दाग देखिने, हिँड्न नसक्ने, खुट्टा सुन्निने, दुख्ने जस्ता लक्षण देखिन्छन् ।

यसको समयमै उपचार नभएमा अन्य जटिल समस्या निम्तने डा.पाण्डे बताउनुहुन्छ । भेरीकोज भेनको समस्या देखिएपछि रगतको भाग बिग्रिएर छाला कालो हुने, नसा खुम्चने लगायतका समस्या निम्तने गर्दन ।

 

तपाईको प्रतिक्रिया