Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

खोटाङ, २१ पुस २०८० । चेक बाउन्सको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङ कानेपोखरी गाउापालिका–१ का ३७ वर्षीय सुवास न्यौपानेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालि।को क्रसर र जेनेरेटर मेसिन वापतको १५ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको चेकमार्फत् दिएको र बैंकमा साट्न जाँदा रकम नभएको भन्दै उजुरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको समन्वयमा पुस १९ गते बेलुकी साढे पाँच बजे पक्राउ गरी खोटाङ पुर्‍याइएको हो । उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक कार्कीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ का खगेन्द्र राईको जाहेरीको आधारमा उनलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको हो ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया