Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दाङ, २० पुस २०८० । तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई दाङ प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर-८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसिले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा.केसी र तुलसीपुर-५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

 

तपाईको प्रतिक्रिया