Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १९ पुस २०८० । झापामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बिहिबार ११ः३० बजेको समयमा झापा गाउँपालिका-३ गैरिगाउँ बस्ने गोविन्द पराजुलिको १६ वर्षिय अनुसा पराजुलि झुण्डिएको अवस्थामा फेला मृत परेकी हुन् ।

आफ्नै घरको आफु सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लागि झुण्डिएको अवस्थामा आफन्तले देखी तत्काल पासो खोलि भुँईमा झारेकोमा पराजुलि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

खबर प्राप्त गर्नसाथ प्रहरीको टोली घट्नास्थलमा गई थप अनुसन्धान गरिरहेको जनाइएको छ । मृतक पराजुलिको शवलाई प्रादेशिक अस्पताल भद्रपरमा पोष्टमार्टमको लागि पठाइएकोमा आज १०ः५० बजेको समयमा आफन्तलाई शव जिम्मा लगाइएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया