Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, १० पुस २०८० । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार विहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उहाँको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपुर्ति र स्वास्थ्यकर्मीलाई कार्वाहीसहित प्रदर्शनमा उत्रेका छन् ।

उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थावपनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताउनुभयो । इमरजेन्सीमा भर्ना भएको विरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बास्कोटाले भन्नुभयो ।

घटना बिषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ ।

 

तपाईको प्रतिक्रिया