Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौँ, १० पुस २०८० । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका छन् भने फिचरहरु थपिएका छन् ।

कम्पनीले ल्याउन लागेको नयाँ फिचरमा भने भिडियो कल गरिरहेकै बेलामा म्युजिक अडियो शेयर गर्न सकिन्छ । ह्वाट्सएपको फिचरलाई ट्र्याक गर्ने वेबसाइट डब्ल्यूएबेटाइन्फोको खबरअनुसार आईओएस र एन्ड्रोइड दुबैमा यो सुविधा विकसित भइरहेको छ । यो सुविधाले प्रयोगकर्तालाई भिडियो कल भइरहेको बेलामा भिडियो वा म्युजिक अडियो सँगै सुन्ने अनि शेयर गर्ने अनुमति दिनेछ ।

पछिल्लो समय म्यासेजिङ र कम्युनिकेशन एपमा प्रतिस्पर्धा चर्किरहेको छ । प्रयोगकर्ताहरुलाई आफूतर्फ आकर्षित गर्न कम्पनीहरुले अनेकौँ फिचर थपिरहेका छन् । यो फिचरले ह्वाट्सएपलाई अरु बाट फरक बनाउने विश्लेषण गरिएको छ ।

यसैबीच ह्वाट्सएपले केही बेटा टेष्टर्सका लागि नयाँ ‘म्यानेज इमोजी रिप्लेसमेन्ट’ फिचर ल्याउँदैछ । माइक्रोसफ्ट स्टोरबाट विन्डोजमा २.२३५०.३.० अपडेट गर्नेले यो फिचर चलाउन पाउनेछन् । नयाँ अपडेटले टेक्स्ट–टू–इमोजी रिप्लेसमेन्टको विकल्प डिजेबल गरिदिनेछ । यसबाट यूजरले म्यासेजिङ अनुभवलाई थप नियन्त्रण गर्न सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया