Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

लेखनाथ, ८ पुस २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने एक युवकलाई १० दिन हिरासतमा राखी अनुसन्धान गरिने भएको छ।

सभापति लामिछानेमाथि शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाटले खोया प्रहार गर्नुभएको थियो।सभालाई लामिछानेले सम्बोधन गरिरहँदा दिउँसो साढे २ बजेतिर ३३ वर्षीय रानाभाटले मकैको खोया प्रहार गर्नुभएको थियो। खोया लामिछानेलाई नलागी मञ्चमा खसेको थियो। रानाभाटलाई तत्काल नियन्त्रणमा लिई सम्झाउन खोज्दा प्रहरीमाथि नै दुव्र्यवहार गरेको कास्की प्रहरीको दाबी छ। ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरी गालिगलौज एवं हातपातसमेत गर्ने प्रयास गरेकाले रानाभाटलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो।

रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको विकले बताउनुभयो।

घटनापछि पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले एक, दुई आक्रमण र मुद्दाबाट आफू विचलित नहुने बताउनुभएको थियो। उहाँले त्यसलाई अहिलेको नेतृत्वविरुद्ध जनताको विकृष्णाको उपज भएको टिप्पणीसमेत गर्नुभएको थियो रानाभाटलाई मुद्दा नलगाई छाडिदिन लामिछानेले अनुरोध गर्नुभएको थियो।

 

तपाईको प्रतिक्रिया