Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

झापा, ४ पुस २०८० । झापामा जंगली हात्तीको आक्रमणमा परी मृत अवस्थामा एकजना मानिस फेला परेका छन् । मृतक हल्दिबारी गाउँपालिका-२ पाराखोपी बस्ने ६० वर्षिय पाठल राजवंशी रहेका छन् । मृतक राजवंशी हल्दिवारी गाउँपालिका वडा नं. २ को कार्यालयमा कार्यरत कार्यालय सहयोगी रहेको जनाइएको छ ।

बुधबार(आज)बिहान ४ः३० बजेको समयमा मर्निङवाक गएका राजवंशी घरदेखि २०० मिटर पूर्व चन्द्रगढी हल्दिवारी सडकको छेउको झाडीमा हात्तीको आक्रमणबाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।हात्तीको आक्रमणबाट मृत अवस्थामा १२ बजे स्थानीयले देखे पश्चात प्रहरीलाई जानकारी गराइएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाको टोली पुगेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया