Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

उर्लाबारी, ३ पुस २०८० । गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान ९ बजे कानेपोखरी–६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेण्ड पुग्नुभएका ३० वर्षीय वीरेन्द्र पौडेलको चक्काले ठोक्किएर मृत्यु भएको हो ।

कानेपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको प्र.१–०१–००ख–३९२२ नम्बरको यात्रुवाहक बसको बायाँतर्फका पछाडिका दुवै चक्का खुस्किएका थिए । तीव्र गतिको बसका चक्का खुस्किदा ट्याम्पोबाट ओर्लिँदै गरेका पौडेललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते पौडेललाई तत्काल पथरी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो । नर्सिङ होममा उपचारका क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल पुस १३ गते दक्षिण कोरिया जाने तयारीमा रहनुभएको बुझिएको थियो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया