Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

बारा, २ पुस २०८० । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ। कार्की पाँच लाख रुपैयाँ घुससहित आज पक्राउ परेका हुन्।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।रासस

 

तपाईको प्रतिक्रिया