Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

दमौली (तनहुँ), २९ मंसिर २०८० । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापामगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै निजलाई छ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध वि.सं.२०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो । रासस

 

तपाईको प्रतिक्रिया