Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

झापा, २४ मंसिर २०८० । झापाका चार वटा पालिकाले भोलि (सोमबार) स्थानीय बिदा दिएका छन् । हिन्दु धर्मावलम्बीहरूको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका ,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि बिदा दिएका हुन् ।

ती पालिकाहरूले सूचना जारी गरी भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाइएको छ ।

बाला चतुर्दशीको अवसरमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराट पोखरी, बाह्रदशी साधुकुटी गौरीशङ्कर शिवालय, मेचीनगरको कृष्ण थुम्कीलगायतका धार्मिक स्थलमा सत्बीज छर्ने भक्तालुहरूको घुइँचो लाग्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया