Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ मंसिर २०८० । नेपाल सुपर लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा चितवनले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडविरुद्ध २–१ को जित निकालेको हो ।

चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक–एक गोल गरे । यस्तै, वीरगञ्जका लागि आइकिन्स बाफुरले एक गोल गरे । मध्यान्तर अघि विमलको गोलमा चितवनले १–० को अग्रता बनाएको थियो ।

चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गर्न सफल भयो । शनिबार एनएसएलमा दुई खेल हुँदै छन् । दिउँसो एक बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् भने साँझ साढे ५ बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

 

तपाईको प्रतिक्रिया